सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस नबिन सन्कल्प बहुउदेसिस्य सहकारी सँस्था लि नेपाल सरकार सहकारी तथा गरीबि निवारण मन्त्रालय, सहकारी विभाग्, डिभिजन सहकारी कार्यलय काठ्मान्डौ नयाँबानेश्वोर मा २०७४ साल असार २९ गते दर्ता भएको हो । यस्को मुख्य कार्यलय बु. न. पा. १२ दुर्गा मन्दिर कपनमा रहेको छ । यस सस्थाको उच्च व्यवस्थापन तहमा वित्तिय क्षेत्रमा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरू हुनुहुन्छ ।
नबिन सन्कल्प हाम्रो समाजमा रहेको बिबिध क्षेत्रको ब्यबसायकर्ता हरु सँग हातेमालो तथा समाजमा रहेको सम्पूर्ण बर्गको सदस्यहरुसँग सहकार्य गर्ने उदेश्यले स्थापना भएको छ। यस सस्थामा जोडिनु भएको हरेक सदस्य ज्युहरुलाई छिटो छरितो सहजै सेवा प्रदान गर्नु हाम्रो कर्तब्य रहनेछ । बर्तमान समयमा गरिदै आएको हरेक ब्यबसायी तथा ब्यबसायकर्ताहरु सँग लगानी तथा सहकार्य गर्ने आधुनिकिकरणमा भरपुर सहयोग गर्ने साथै क्षमता अभिबृदी गर्न सहयोग गर्ने तथा मौलिक प्रणालिबाट गरिदै आएको कृषि तथा पशुपालनलाई ब्यबसायिक बनाउन तथा ब्यबसायिक गर्दै आई रहेको ब्यबसायीहरुलाई आधुनिकी करण गर्न सहयोग गर्ने कृषक हरुलाई प्रोत्सहान गर्ने मुख्य उदेश्य रहने छ ।
यस सस्थाको कुल अधिकृत सेयर पुजी रु १,००,००,००० /- (रु एक करोड) कायम गरिएको छ । जस्लाई रु १०० /- का दरले जम्मा १००,००० /- (एक लाख) कित्ता सेयर बिभाजित गरिएको छ । जसलाई आबस्यकता अनुसार चुक्ता पुजिमा परिणत गरिदै लागिनेछ ।
निती नियम को अधिनमा रही निर्भिक भएर इमान्दारी पुर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिविम्ब हो । व्यवस्थापन पक्ष यो यथार्थलाई सदा शिरोपर गर्न दृढ संन्कल्पित छ । संस्थाको निती कार्यक्रमहरु प्रभावकारीताका साथ कार्यन्वयन गर्न देशकै क बर्गको बानिज्य बैन्कहरुमा कार्यरत ब्यबस्थापन तथा कर्जा क्षेत्रका अनुभबी अधिकृत हरुको प्रत्यक्ष मोनिटरिङ्ग रहेको छ साथै हाम्रो सस्थामा दक्ष तथा अनुभवी कर्मचारिहरु कार्यरत रहेका छन्।
सदस्य वर्गलाई छिटो छरितो तथा सरल ढंगले वित्तिय सेवाहरु प्रवाह गर्नका लागी तथा दैनिक रुपमा हुने कारोवारलाई व्यवस्थित ढंगले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्पुटराइज गरिएको छ। यसको साथै सदस्यहरु सँगको वित्तिय कारोवारलाई विस्वासनिय तथा व्यवस्थित गर्नका लागी बैन्किङ्ग सफ्टवयर जडान गरियको छ । साथै सहकारी कार्यलयमा सुरक्षा व्यबस्थापनलाई थप सुरक्षित बनाउनको लागी सि. सि. क्यामेरा प्रबिधीको जडान गरिएको छ। आवश्यक सुचनाहरु पत्र मार्फत इमेल टेलिफोन सेवा लगायतका माध्यमबाट उपलब्ध गराउँदै आएका। छौं यस्को अतिरिक्त सदस्य हरुको माग बमोजिम निकट दिन हरुमा मोबाईल बैन्किङ तथा SMS बैन्किङ पनि चाडै सन्चालन मा ल्याउने छौ ।